Thursday, October 16Nepal News Portal
Shadow

शेयर बजारमा सामान्य अंकको गिरावट


काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५.५७ अंकले घटेर २,६७०.७० विन्दुमा बन्द भएको हो ।

त्यसैगरी आज कारोबार रकम भने सामान्य बढेको छ । आज कूल १ करोड १३ लाख ८४ हजार कित्ता शेयर खरिद–विक्री हुँदा ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज ११३ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १३१ वटा कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको शेयर मूल्य स्थिर छ । त्यसैगरी, आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । सो कम्पनीको मात्र ३५ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्