काठमाडौं । आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।