काठमाडौं, (ससं) । मिकेल रफिनेली विश्वमा सबैभन्दा ठूलो हिप हुने दर्जामा नाम लेखाउँन सफल भएकी छिन्। ३९ वर्षकी मिकेल अमेरिकामा बस्छिन्। उनी टिनएजमा खुबै खेल्ने दौडिने गर्थिन तर उनलाई त्यतिबेला आफ्नो तौलको बारेमा कुनै गुनासो थिएन।

मिकेल आफ्नो श्रीमान रेगी र चार बच्चाको साथमा लस एंजेलसमा बस्ने गर्छिन। उनका श्रीमान भन्छन, ‘मलाई मिकेलको शेप धेरै नै मन पर्छ तर म सबैभन्दा पहिला उनको व्यवहारबाट आकर्षित भएको थिए।’
मिकेलको अनुसार उनको हरेक बच्चाको डेलिभरी पश्चात हिपको आकार बढ्दै गएको हो । पछि झन यति बढ्यो कि घरको ढोकाबाट भित्र पस्न पनि मुस्किल हुन थाल्यो। उनको कम्मर ४० ईन्च र हिप भने १०० ईन्चको भएको बताइन्छ।

मिकेल भन्छिन, मानिसहरुले मेरो हिपलाई सर्जरी गरेर बढाएको भन्ने आरोप पनि लगाउने गरेका छन तर मेरो हिप भने पूरै प्राकृतिक हो।
आफ्नो बढी तौलको कारणले उनलाई कयौ समस्या आउने गरेको छ तर पनि उनी तौल घटाउने योजनामा छैनन्। मिकेललाई हवाई यात्रा गर्नु पर्यो भने पनि एउटा सिटले पुग्दैन, उनको लागि दुईवटा टिकेट लिनु पर्ने हुन्छ र दुई्वटा टिकेट लिएर यात्रा गर्दा धेरै नै महंगो पर्ने बताउँछिन।



