Sunday, April 28Nepal News Portal
Shadow

डोल्पाको दुनै अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं । डोल्पाको दुनै अस्पताललाई ५ लाख बराबरको औषधि सहयोग गरिएको छ। पूर्व राज्यमन्त्री धनबहादुर बुढा, पर्यटन ब्यवसायी जितेन्द्र झाँक्री, तापीरिचा माध्यमिक विद्यालयका ब्यवस्थापक सेम्दुक लामा र स्वास्थ्यकर्मी रनलाल कुलालको सहयोगमा दुनै अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो।

कोराना रोकथाम तथा कोरोना संक्रमितलाई प्रयोग गरिने १३ प्रकारका औषधि एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका संयोजक शेरबहादुर बुढा र नागरिक समाजका डोल्पाका अध्यक्षले जिल्ला अस्पताललाई प्रदान गरे।

औषधी खरीद गर्न पूर्व राज्यमन्त्री बुढाले २ लाख, पर्यटन ब्यवसायी झाँक्रीले काठमाडौंदेखि दुनैसम्म ढुवानी खर्चसहित १ लाख ५० हजार, तापिरिचा माध्यमिक विद्यालयका ब्यवस्थापक लामाले १ लाख र स्वास्थ्यकर्मी कुलालले पचास हजार आर्थिक सहयोग गरेका थिए

Total Page Visits: 1272 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्