Friday, May 10Nepal News Portal
Shadow

२०७८ असार २ गते बुधबार तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस्


मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । दिगो फाइदा हुने काम सम्पादन हुनेछ ।

वृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्लान् । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला । भूमि र पशुधनबाट लाभ मिल्नेछ ।

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा प्रगति हुनेछ । ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक जगतले तारिफ गर्नेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
केही फाइदा लिन अर्को वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । सरसापटमा धन बाहिरिन सक्छ । आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ । आफ्नाबाट भने टाढिनुपर्ला ।

तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला । केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला ।

वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मान–सम्मान प्राप्त होला ।

धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ ।

मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ । तर तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । यात्रा, खानपान, मानोरञ्जन र पहिरनको सोख पनि पूरा हुने समय छ ।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

Total Page Visits: 634 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्