Friday, May 10Nepal News Portal
Shadow

नेपाल स्वयंवेवी रक्तदता समाज र तरुण दलको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ७, हाईभिजन कोलोनीस्थितमा तरूण दलको सहयोगमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । शुक्रबार नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको बिशेष उपस्थितिमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा ९ जना महिलासहित १०२ जनाले स्वयंसेवी तवरले रक्तदान गरे। आकस्मिक आयोजित सो विशेष रक्तदान कार्यक्रममा अध्यक्ष कर्माचार्यलाई खादा ओढाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले मायाको चिनो प्रदान गरे ।

साथै सोहि स्थानमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज,चन्द्रागिरी नगर समिति गठनको एक भेलाको समेत आयोजना गरिएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज न्यूरोड एकाई समितिका अध्यक्ष केदार न्यौपाने अतिथि रहेको उक्त भेलाले सरोजकुमार थापाको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज,चान्द्रगिरी नगर समितिको गठन पनि गरियो ।

९ जनाको कार्यसमितिमा क्रमशः किरण पोखरेल उपाध्यक्ष,सुजना श्रेष्ठ सचिब, राजु गिरी कोषाध्यक्ष र सदस्यहरूमा प्रमिला श्रेष्ठ, सुजित बानिया, बिजय श्रेष्ठ, पुरूषोत्तम रिजाल र ताराबहाुर के.सी. रहेका छन् । संस्थालाई सहि मार्ग निर्देशनको लागि ईश्वर लामा र जयराम प्रसाद लुँईटेललाई सल्लाहकारको रुपमा चयन गरिएको छ ।

Total Page Visits: 796 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्