Monday, May 20Nepal News Portal
Shadow

हिमाली जिल्लाहरुको शैक्षिक सत्र पनि असार महिनामा नै सुरु हुने


काठमाडौं, (ससं) । हिमाली जिल्लामा पनि यो वर्ष जेठ महिनामा नै शैक्षिक सत्र सकिने र असारबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । सामान्यतया फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुने हिमाली जिल्लाहरुमा कोरोनाको कारण नयाँ शैक्षिक सत्र अन्य जिल्लाहरुसँगै असारबाट नै हुने भएको हो ।

मुगु र कालीकोट जिल्लाको केही क्षेत्र र हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ जिल्लामा हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकोले फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु हुँदै आएको थियो ।

तर यो वर्ष कोरोनाको कारण पठनपाठनमा असर परेकोले सबैतिर एउटै समयमा शैक्षिक सत्र अन्त्य र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ कोरोनाका कारण फागुनबाट नयाँ शैक्षिक सत्र सुरु गर्न सक्ने अवस्था नभएको मन्त्रालयले जनाएको छ । ती जिल्लाहरुमा पनि असारबाटै सुरु हुने छ ।

Total Page Visits: 847 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्