Monday, May 13Nepal News Portal
Shadow

शान्ता मरासिनीद्वारा ८ वर्षीय बालिकाको अभिभावकत्व ग्रहण


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव शान्ता नेपाल मरासिनीले ८ वर्षीया बालिका आरूषी ढकालको अभिभावकत्व ग्रहण गरेकी छिन् । काभ्रेपलाञ्‍चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको निर्वाचन सम्‍पन्‍न गर्न निर्वाचन अधिकृतको रूपमा खटिएकी मरासिनीले आफ्नो विदाइ कार्यक्रममा ढकालको अभिमावकत्व ग्रहण गरेकी छीन् । ढकालका आमा बुवा नभएकाले आफूले अभिभावकत्व ग्रहण गरेको मरासिनीले बताएकी छीन् । गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा मरासिनी मण्डनदेउपुर नगरपालिकाको निर्वाचन अधिकृत भएर खचटिएकी थिइन् । उनको विदाइ नव निर्वाचित नगर प्रमुख टोक बहादुर तामाङले जेठ २० गते गरेका थिए ।

शिक्षा आर्जनबाट मात्रै छोरीहरूलाई सक्षम, आत्मनिर्भर र शक्ति सम्पन्‍न बन्ने भएकाले सम्पूर्ण अभिभावकले छोरा र छोरी दुवैलाई असल र जीवन उपयोगी शिक्षा दिलाउनु पर्नेमा मरासिनीको जोड थियो । आफूले ग्रहण गरेको अभिभावकत्‍व वास्तवमा सामाजिक सेवाको सानो सङ्केत मात्र भएको र यसले मानिसहरूको सामाजिक सेवाप्रतिको भावना अझ जागृत गराउने सांकेतिक उदाहरण मात्र रहेको उनले बताइन् ।

Total Page Visits: 406 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्