Sunday, May 12Nepal News Portal
Shadow

जेठ २५ गते बुधबारको राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।नजिकको मित्रसँग भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । । शुभ कार्यको चर्चा पनि चल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विशिष्ट व्यक्तिको साथ पाइनेछ । धार्मिक कार्यमा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) न्यायका कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिकी कार्य सहज हुँदै जानेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। सामान हराउने पनि सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । पुनर्मिलनको योग पनि रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) निर्णायक क्षमतामा कमी आउनेछ ।प्रेम सम्बन्धमा मनमुटाव रहला । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा,) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।

Total Page Visits: 641 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्