Thursday, May 2Nepal News Portal
Shadow

यस्तो छ आजको मौसम


काठमाडौं । शनिवार (आज) देशको पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ । तराईका केही भू–भागहरूमा हुस्सु जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ ।

विभागका अनुसार आज राति प्रदेश–१ मा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनुका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ । अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहे पनि यो प्रणाली स्ट्रङ नरहेको मौसमविद्हरूको भनाइ छ । जसका कारण वर्षाको उच्च सम्भावना न्यून छ ।

Total Page Visits: 284 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्