Friday, May 17Nepal News Portal
Shadow

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन सोमबार आज सामान्य अंकले बढेको छ । आज नेप्से ४.५७ अंकले बढेर दुई हजार एक १००.६५ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १.५४ अंकले बढेर दुई हजार एक सय ९६ दशमलब ८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको । आज नेप्सेमा एक अर्ब ४७ करोड ४१ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ९३ करोड १७ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार एक कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १०% ले बढेर प्रतिकित्ता दुई हजार ३३३. ८० रुपैयाँ पुगेको छ ।

आज लक्ष्मी बैंक डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९% भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ । यसको आज ६ करोड ४५ लाखभन्दा बढीको कारोबार भएको छ ।

Total Page Visits: 254 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्