Thursday, May 2Nepal News Portal
Shadow

आजको देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावा–हुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Total Page Visits: 177 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्