Friday, May 17Nepal News Portal
Shadow

आइएमई लाइफ इन्स्योरेन्सले ३४.५० प्रतिशत लाभांश दिने



काठ्माडौं । आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ।

हिजो बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीको सेयरधनीहरूलाई कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव समेत राखेकोे छ ।

उक्त लाभांश नियामक बीमा प्राधिकरणबाट स्वीकृत र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउँनेछन्।

कम्पनीको बोनस वितरण पछि चुक्ता पुँजी ५ अर्ब रूपैयाँ कायम हुने बताएका छन् ।

Total Page Visits: 83 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्