Friday, September 19Nepal News Portal
Shadow

धितोपत्र बोर्ड अध्यक्षको लागि तीन जनालाई फेरि बोलाइयो अन्तर्वार्तामा


काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षको लागि तीन जनालाई अन्तर्वार्ताको लागि बोलाइएको हो।

सिफारिस समितिको छनोटमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाइँ र कृष्णबहादुर कार्कीलाई मंसिर ९ गते बिहान ८ बजे व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वाताको लागि बोलाइएको हो।

धितोपत्र ऐन अनुसार सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई अर्थमन्त्रीले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने व्यवस्था छ।

त्यसपछि मन्त्रिपरिषदको सिफारिसमा नै एक जना बोर्डको अध्यक्ष बन्ने छन्।

तर, पाँच जना आवेदकमध्ये तीन जना अनुपस्थित हुँदै आएका थिए।

यसअघि अन्तिम पटक असोज १८ गते पनि बोलाइएको थियो। तर, सिफारिस समितका सदस्य नै बिरामी परेको भन्दै सो समय पनि यो प्रक्रिया रोकिएको थियो।

सरकारले बोर्ड अध्यक्ष छान्नको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिन बहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिको सदस्यमा अर्थसचिव डा। कृष्णहरि पुस्करसहित उदय निरौला छन्।

बोर्ड अध्यक्षको रूपमा रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएपछि सो पद रिक्त छ।

समितिले बोर्डको अध्यक्ष छनोटको सम्बन्धी कार्यविधि बनाउने छ र सो पदको लागि विज्ञापन आह्वान गर्नेछ।

कम्तीमा १५ दिनको सार्वजनिक विज्ञापन प्रकाशित गरेपछि प्राप्त आवेदनका आधारमा ३ जनाको नाम छनोट गर्नेछ र अध्यक्ष नियुक्ति गर्न सरकारलाई सिफारिस गर्नेछ

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्