Thursday, May 9Nepal News Portal
Shadow

सिटिजन्स बैंकको गत वर्षको नाफा दुई अर्बभन्दा माथि


काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले शुक्रबार सामान्य नाफा बढेको वित्तीय विवरण प्रकाशन गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा दुई अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिसम्ममा बैंकले दुई अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत वर्ष बैंकले खुद ब्याज आम्दानीबाट पाँच अर्ब ८५ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ भने अघिल्लो वर्ष चार अर्ब ९९ करोड ३४ लाख रुपैयाँ आर्ज गरेको थियो । बैंकले असार मसान्तसम्म तीन अर्ब सात करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफाबाट दुई अर्ब ७० करोड ९२ लाख रुपैयाँ आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा एक अर्ब तीन करोड ७२ लाख रुपैयाँ रहेको छ । तर अघिल्लो वर्षको तुलनामा वितरणयोग्य मुनाफा घटेको हो । अघिल्लो वर्ष एक अर्ब ३२ करोड ९४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा थियो ।

बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको अन्त्यसम्म बैंकको खराब कर्जा ३.१९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो खराब कर्जा २.२२ प्रतिशत थियो ।
असार मसान्तसम्ममा १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा सात अर्ब ११ करोड २० लाख रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा बैंकले एक खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५९ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ ।

Total Page Visits: 143 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्