Saturday, April 27Nepal News Portal
Shadow

मौसम विभागले गर्याे नेपाल टेलिकमलाई सम्मान


काठमाडौं । विपद जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पु¥याएको भन्दै नेपाल टेलिकमलाई सम्मान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरु २०७३ सालदेखि अनवरत रूपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पु¥याई विपद् जोखिम न्यूनीकरणको लागि योगदान पु¥याएको भन्दै टेलिकमलाई कदर पत्र प्रदान गरेको हो ।

बिहीबार काठमाडौंमा आयोजित ‘नेसनल वर्कसप अन अर्ली वार्निङ सिस्टम’ कार्यक्रममा जलस्रोत तथा सिंचाई सचिव सुशिलचन्द्र तिवारीले टेलिकमलाई सो कदर पत्र प्रदान गरेका थिए ।

सूचना संकलनअन्तर्गत बाढी पहिरो लगायतका विपदजोखिम क्षेत्रमा रहेका वाटर स्टेसनहरूबाट जल तथा मौसम विज्ञान विभागको केन्द्रीय सर्भरमा मौसम सम्बन्धी सूचना संकलनको लागि नेपाल टेलिकमका सिम कार्डमार्फत एमटुएम प्रविधिको प्रयोग गरी कनेक्टिभिटी उपलब्ध गराइएको छ । नेपाल टेलिकमले यसका लागि ३०० एमबी डाटा सुविधा सहितको सिमकार्ड उपलब्ध गराएको छ ।

त्यसैगरी सम्बन्धित क्षेत्रमा रहेका नागरिकहरूमा सम्भावित जोखिमबाट सतर्क गराउन ११५५ कोडबाट पूर्वसूचना प्रवाह गरिरहेको छ । यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरूको नम्बर मौसम विज्ञान विभागलाई उपलब्ध गराउँदै आएको छ भने सबै सेवा निःशुल्क रूपमा उपलब्ध गराइरहेको छ ।

Total Page Visits: 96 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्