Saturday, April 27Nepal News Portal
Shadow

१७ औं औद्योगिक व्यापार मेला वैशाख २६ देखि


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले वैशाख २६ देखि ३० गतेसम्म सम्म १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला २०८१ आयोजना गर्ने भएको छ।

मेला स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ मूल नारासाथ मेला आयोजना गर्न लागिएको महासंघले जनाएको हो ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना गरिने मेलामा ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग र कृषि व्यवसायमा संलग्न उद्यमीहरु सहभागी हुनेछन्‌। साथै सार्क मुलुक र चीनका उद्यमीरव्यवसायी समेतको सहभागीता रहनेछ।

२५० वटा स्टल रहने मेलालाई दुई लाख भन्दा बढीले अवलोकन गर्ने र सात करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने महासंघले अनुमान गरेको छ।

Total Page Visits: 103 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्