Friday, September 19Nepal News Portal
Shadow

नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्ट आइपुग्यो


काठमाडाैं । आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको‌ आफ्ना अन्तिम २ का लागि बिहीबार स्थानिय समय अनुसार दिउँसो ३ः३० बजे सेन्ट भिन्सेन्ट आइपुगेको छ।नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको‌ फ्लोरिडाको खराब मौसमका कारण बुधबार रोकिएको थियो।फ्लोरिडाबाट नेपाली‌ टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट आउने तालिका रहेपनि लगातारको वर्षाका कारण उडान रद्द भएको थियो।

लगातारको‌‌ वर्षाकै कारण नेपाल र श्रीलंकाबीच मंगलबार फ्लोरिडामा हुने खेल पनि रद्द भएको थियो।
सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिका बीच जुन शुक्रबार ९नेपाली समय अनुसार शनिबार बिहान ५स्१५ बजे० र नेपाल र बंगलादेशबीच आइतबार ९नेपाली समय अनुसार सोमबार बिहान ५ं :१५ हुने तालिका छ।

आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले‌ पराजित भएको थियो। समूहबाट ६ अंकसहित दक्षिण अफ्रिका सुपर एटमा पुगिसकेको छ। बंगलादेशको ४ अंक छ। नेदरल्याण्ड्स २ अंक तथा नेपाल १ अंक छ । १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्