काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असार ४ गते बुक क्लोज गर्देछ । तर, नेपाल सरकारले भोली अर्थात असार ३ गते सोमवार, सार्वजनिक बिदा दिने घोषणा गरेको छ । यस आधारमा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।
कम्पनीले असार १८ गते, मंगलवार, होटल भिष्वा, वीरगञ्ज, पर्सामा २३ औँ र २४ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको २१ दशमलव ०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक, सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट ३ जना तथा १ जना स्वतन्त्र सञ्चालक हुनेगरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।