Friday, May 10Nepal News Portal
Shadow

आजको राशिफल, हेर्नुहोस् तपाईको भाग्य कस्तो छ ?


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला। महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। सोख पूरा गर्न सञ्चित रकम खर्च हुनेछ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह
बौद्धिक कार्यबाट दिगो लाभ उठाउन सकिनेछ। आर्थिक गतिविधिले फाइदा दिनेछ। अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा फाइदा हुने छ । राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। उचित मूल्यांकन भए पनि मिहिनेतको प्रतिफल हातपार्न केही समय लाग्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु
सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
केही चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। पहिलेका समस्या दोहोरिनाले उत्साहपूर्वक काम गर्न नसकिएला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा ठूलो काम रोकिन सक्छ। आशा देखाउनेहरूको भरपर्दा व्यर्थैमा धोका पाइएला। खर्च बढ्नाले अर्थ अभाव पनि महसुस हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। तर आफन्तजनसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। व्यवसायको सन्दर्भमा यात्राको योग देखिए पनि मौसमी समस्याबाट जोगिन सजग रहनुहोला। मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गरेका काम मुस्किलले सम्पादन हुनेछन्। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। सेवामूलक काम बीचैमा रोकिन सक्छ। तापनि, पशुपालन तथा कृषिबाट लाभ मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा तत्काल उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्।

Total Page Visits: 628 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्