Wednesday, May 15Nepal News Portal
Shadow

दुई वित्तीय संस्थासहित थप १३ धितोपत्र दलालले पाए आशयपत्र, अब लाइसेन्स पाउने


काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ वटा कम्पनीलाई धितोपत्र दलालको काम गर्न लाइसेन्सको लागि आशयपत्र दिएको छ । बोर्डको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले दुईवटा वित्तीय संस्था र ११ वटा व्यक्तिगत संस्थालाई धितोपत्र दलालको आशयपत्र दिएको हो ।

सनराइज् सेक्युरिटीज लि. र जे.बि.एन.एल. सेक्युरिटीज लि.ले वित्तीय संस्थाको रूपमा सीमित कार्य गर्ने दलालको आशयपत्र प्राप्त गरेका हुन् । त्यस्तै व्यक्तिगतमा सेयरप्रो सेक्युरिटीज प्रा.लि., स्टक्स्कार्टस् सेक्युरिटीज लि., प्रोपर्टी विजार्ड लि., क्यापिटल हब प्रा.लि., मिल्की वे सेयर ब्रोकर कम्पनी लि., ब्लु चिप सेक्युरिटीज लि., गरिमा सेक्युरिटीज लि. कलश स्टक मार्केट प्रा.लि., मनि बल्र्ड शेयर एक्सचेन्ज प्रा.लि., शुभकामना सेक्यूरिटीज प्रा.लि. र मियो सेक्युरिटीज प्रा.लि.ले आशयपत्र प्राप्त गरेका छन् ।

केही दिनअघि बोर्डबाट १६ कम्पनीले धितोपत्र दलालको काम गर्न आशयपत्र प्राप्त गरेका थिए । आसय पत्र प्राप्त गरेका कम्पनीले आधारभूत पूर्वाधार तयार गरेपछि धितोपत्र बोर्डले लाइसेन्स दिनेछ । ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डमा ४५ वटा कम्पनीले आवेदन दिएका थिए ।

Total Page Visits: 179 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्