Monday, May 13Nepal News Portal
Shadow

माधव नेपालले गरे जोशीलाई स्थायी कमिटी सदस्य बनाउने घोषणा


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (एमाले) परित्याग गरेर आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ ।

जोशी, एमाले केन्द्रीय सदस्यबाट राजीमा दिएर बिहीबार एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनलाई स्वागत गर्दै अध्यक्ष माधवकुमार नेपालले एमालेका अरु नेता कार्यक्रम पनि आफूले नेतृत्व गरेको पार्टीमा आउने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आदर्शबाट च्युत भइसकेको, राष्ट्रियताको मामिलामा आत्मसपर्णवादको नीति लिएको उनको दाबी छ । उनले जोशीलाई पार्टीमा स्थायी कमिटी सदस्य बनाउने घोषणा गरेका छन् ।

Total Page Visits: 641 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्