Friday, February 23Nepal News Portal
Shadow

फागुन महिनामा कामको खोजीमा विदेशिए ६१ हजार युवा


काठमाडौं । फागुन महिनामा वैदेशिक रोजगारका लागि ६१ हजार ८ सय ४५ जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो।

नयाँ श्रम स्वीकृति लिएर मात्रै यो महिना ३६ हजार ९ सय ९४ जना विदेशिएका छन्। नयाँ तथा पुनः श्रम स्वीकृति सबैभन्दा धेरै १९ हजार ८ सय २४ जनाले मलेसियाका लागि लिएका छन्। कतारका लागि ११ हजार ३ सय ३ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै युएईका लागि ९ हजार ७ सय ९५, साउदीका लागि ९ हजार ५ सय ३ जनाले श्रम स्वीकृति लिएका छन्।
कुवेतका लागि २ हजार ४ सय ६२, दक्षिण कोरियाका लागि २ हजार २ सय र २७ रोमानियाँ १ हजार ७० जनाले श्रम स्वीकृति लिएका छन्।

फागुनमा फ्रान्स, जापान, फिनल्याण्ड, बहराइन, इजरायल, लगायत ९० मुलुकका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको २ वर्षे प्रावधान सरकारले हटाएको छ। अब वैदेशिक रोजगारको करार अवधि सम्बन्धित गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति तथा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौताका आधारमा तय हुने भएको हो।

यसअघि सरकारले जिटुजी प्रक्रिया मार्फत् गएका बाहेकलाई २ वर्षको मात्रै श्रम स्वीकृति दिँदै आएको थियो। त्यो अवधिभन्दा बढी गन्तव्य मुलुकमा रहे नेपाल सरकारले ती श्रमिकलाई अवैध मान्ने गरेको थियो।

जसले गर्दा विभिन्न सेवासुविधाबाट समेत ठूलो संख्यामा श्रमिकहरू बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको थियो। यहि अवस्थालाई मध्येनजर गर्दै प्रधानमन्त्री स्तरीय निर्णयबाट सम्झौता पत्रमा तोकिएको अवधिकै श्रम स्वीकृति दिने भएको हो।

Total Page Visits: 192 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्