Monday, May 20Nepal News Portal
Shadow

चलचित्र ‘कबड्डी ४’को प्रदर्शन मिति तोकियो


काठमाडौं, (ससं) । चलचित्र ‘कबड्डी ४’ को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको छायांकन नै प्रारम्भ नभई यसको निर्माणपक्षले प्रदर्शन मिति तय गरेको हो ।
निर्माण पक्षले चलचित्र आउँदो बर्षको असोज १५ गतेबाट रिलिज हुने बताएको छ । दशैंको घटस्थापना भन्दा एक साता अगाडि यो चलचित्र रिलिज हुने पक्का भएको हो ।
निर्माणपक्षले यो चलचित्रलाई कबड्डी सिरिजको अन्तिम चलचित्र भएको बताएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार हुने चलचित्रका लागि कलाकारहरुको नाम भने खुलाउन बाँकी रहेको छ । तर, चलचित्रमा दयाहाङ राई, बिजय बराल, वुद्दि तामाङ लगायतले काम गर्ने पक्का रहेको बुझिएको छ ।

Total Page Visits: 561 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्