Sunday, May 19Nepal News Portal
Shadow

देशको माया


                      लेखक : जीवन प्रसाद जैसी
देशको माया नभएको कहाँ होर,
हातमा पैसा पर्दिन्छन् त केगर्नु ।
गरिबको दया नलागेको कहाँ होर,
दयाले यहाँ केह गर्न सकिन्न त केगर्नु ।

संमृद्ध समाज नरोजेको कहाँ होर,
काममा साथ दिन्नन् त केगर्नु ।
देश धनि बनाउन मन नभएको कहाँ होर,
एक्लैले मात्र गरेर हुँदैन केगर्नु ।

भ्रष्टचारको जालो मन परेको कहाँ होर,
चिया खर्च भनी हाल्दिन्छन् त केगर्नु ।
गल्ती लाई साचो भन्न मन कहाँ होर,
सत्ता खसाल्दिन्छन् त के गर्नु ।

Total Page Visits: 1784 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्