Friday, May 3Nepal News Portal
Shadow

मंगलबार यी कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो


उद्योग न्यूज
काठमाडौं । मंगलबार (आज) १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीहरुमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, रु रु जलविद्युत परियोजना लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेड रहेका छन् ।

समता र महिला लघुवित्तको शेयर मूल्य १० प्रतशितले वृद्धि भएको छ । समताको शेयर मूल्य बढेर ६०५ रुपैयाँ पुगेको छ भने महिला लघुवित्तको शेयर मूल्य बढेर ४ हजार १५८ रुपैयाँ पुगेको छ । त्यस्तै ७ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज विशाल बजारको शेयर मूल्य ९.९९ प्रतिशत बढेर ६ हजार ७८४ रुपैयाँ पुगेको छ भने सपोर्ट लघुवित्तको पनि शेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएर २ हजार ५६८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै युनभर्सल पावरको शेयर मूल्य भने ८.९९ प्रतिशते वृद्धि भएर १९४ रुपैयाँ कायम भएको छ ।

आज समग्र परिसूचक १.९४ अंक वृद्धि भएर २६५४.६९ विन्दुमा रोकिएको छ । आज परिसूचकमा झिनो अंकले वृद्धि भएको भएपनि कारोबार रकम भने घटेको छ । हिजो साडे ७ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा आज ६ अर्ब ५ करोड रुपैयाँको मात्र शेयर कारोबार भएको छ । २१३ कम्पनीको १ करोड ३० लाख १५ हजार १८३ कित्ता शेयर खरिद विक्री भएको छ ।

Total Page Visits: 652 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्