Friday, May 10Nepal News Portal
Shadow

आज सबै डलरको मूल्य बढ्दा नेपाली रुपैयाँ झन कमजोर बन्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकिसकेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ १८ पैसा र बिक्री दर १३१ रूपैयाँ ७८ पैसा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ९ पैसा र बिक्री दर १४४ रूपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५७ पैसा र बिक्री दर १६२ रूपैयाँ ३१ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७६ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९३ रुपैयाँ ३७ पैसा र बिक्री दर ९३ रुपैयाँ ७९ पैसा रहेको नेपाल राष्ट बैंकले जानकारी दिएको छ ।

Total Page Visits: 211 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्