Thursday, September 18Nepal News Portal
Shadow

मनोरञ्जन

मिस युनिभर्स नेपाल २०२० को उपाधि २४ वर्षिया अनिष्का शर्माले जितिन्

ऊर्जा, निर्माण, मनोरञ्जन
काठमाडौं, पुस १६ (ससं) । २४ वर्षिया अनिष्का शर्माले मिस युनिभर्स नेपाल २०२० को उपाधि जितेकी छन्। राजधानीमा बुधबार आयोजित फाइनलमा अष्ट्रेलिया निवासी शर्माले सहभागी १७ प्रतिश्पर्धिलाई पछि पार्दै उपाधि हात पारेकी हुन्। उनलाई पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले ताज लगाइदिइन् ।जितसँगै अनिष्काले १० लाख नगद र मिस युनिभर्सको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाउनेछिन्। शर्माले मिस फियर्सको सब–टाइटल पनि जितिन् । मिस नेपाल अमेरिका सुजिता बस्नेतले फस्ट–रनरअपको उपाधि जितिन् । नीनाकान्त मण्डलले सेकेन्ड रनरअपको उपाधि जितिन्। न्यान्सी खड्का फोर्थ रनरअप भइन्।...
‘द लाखे ब्याण्ड’ले गर्याे मालश्री धुन सार्वजनिक (भिडियोसहित)

‘द लाखे ब्याण्ड’ले गर्याे मालश्री धुन सार्वजनिक (भिडियोसहित)

Video, प्रदेश, मनोरञ्जन
काठमाडौं, ३ कार्तिक (ससं) । तेह्रबर्ष अघि वि.सं. २०६४ सालमा स्थापना भएको ‘द लाखे ब्याण्ड’द्वारा दशैंको अवसरमा पृथकशैलीको मालश्री धुन सार्वजनिक गरेको छ । यस फ्यूजन धुनमा गीटारमा नवरश श्रेष्ठ, लसन तुलाधर र दीपेन शाक्य, बेसमा प्रमोद आचार्य र ड्रममा इन्द्रमान मर्हजनले संगीत दिएका छन् । ब्याण्ड स्थापक नवरश श्रेष्ठका अनुसार आफूहरूले निक्कै मिहिनतका साथ तयार गरिएको यस मालश्री धुन श्रोताहरूले रूचाउने विश्वास प्रकट गरे । https://www.youtube.com/watch?v=S2mxbfLJR2o&feature=youtu.be&fbclid=IwAR3gTlrakA0HHzYitMRmNE2PQYPs1LHRHNdnOYG-OqA2UXcP_OlESprhIJ4...