नेपाल साउथ अफ्रिकासँग एक रनले पराजित
काठमाडौं । टी २० विश्वकपमा नेपाल तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । जितको नजिक पुगेको नेपालले पीडादायी हार स्वीकार गर्न बाध्य भएको हो ।
अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन चाहिएको थियो । तेस्रो बलमा गुल्शनले चौका हान्दै जितको आशा जगाएका थिए । चौंथो, बलमा थप दुई रन जोडेपछि नेपाल जितको नजिक देखियो । अन्तिम दुई बलमा नेपाललाई दुई रन मात्र चाहिएको थियो । तर, गुल्शन दुवै बलमा चुके ।
अन्तिम बलमा एक रन लिएर खेल सुपर ओभरमा लैजाने मौका थियो । गुल्शन समयमै रनका लागि नदौडिँदा अर्को इन्डसम्म पुग्न सकेनन् र रनआउट भए ।
१७ ओभरको खेल समाप्त हुँदासम्म नेपाल ३ विकेट क्षतिमा ९८ रन बनाएर सहज जितको बाटोमा थियो । तर, १८ औं ओभरको खेलमा ट्विस्ट आयो । ताब्राइज साम्सीले दिपेन्द्र सिंह ऐरी र आसिफ शेखलाई तीन बलको अन्तरालमा आउट गरेपछि नेपाली टिम तनावमा देखियो । लगत्तैको ओभरमा कुशल मल्ल...