Friday, May 3Nepal News Portal
Shadow

कलाकार संघको अध्यक्षमा मोहन निर्वाचित



काठमाडौं । नेपाली चलचित्र कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । संघको शनिबार भएको १९औं साधारण सभामा भएको मतदानबाट अध्यक्षमा निरौला र्विाचित भएका हुन् भने महासचिवमा सविन श्रेष्ठ निर्वाचित भएका छन् । निरौलाले २ सय ३५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, बरिष्ठ उपाध्यक्षमा कबिता गेलाल, उपााध्यक्षमा शिवहरी नेपाल बैरागी निर्वाचित भएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटवाल निर्वाचित हुँदा सह–कोषाध्यक्षमा पबित्रा आचार्य निर्बिरोध चयन भएकी छिन् ।

सदस्यहरुमा शितल केसी, गोपाल ढकाल छन्दे, उद्वव भट्टराइ, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई,रन्जना खड्का खुश्बु,सरिता राधोपाध्याय,रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भएका छन् ।

Total Page Visits: 291 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्