काठमाडौं । उमेश राउतको गीत ‘यात्रा’ सार्वजनिक भएको छ । लक्ष्मी थापाको शब्द र लाबोनी प्रमोदको सङ्गीत रहेको यात्रा शनिरबार सार्वजनिक भएको हो। गीतको सुरुदेखि नै अधुरो प्रेमकहानी प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा गायक स्वयमले नै अभिनय गरेका छन् । भिडियोमा गीतकार लक्ष्मी थापालाई पनि देख्न सकिन्छ । सङ्गीतकार तथा गिटारिस्ट सचिन सिंहले सङ्गीत संयोजन गरेका हुन् ।
यस्तो छ भिडियो