Friday, May 3Nepal News Portal
Shadow

पाँचौँ ‘ज्योति फिल्मस् म्युजिक अवार्ड २०८०’ पुस १ गते दुबईमा हुने


काठमाडौं। पाँचौँ ‘ज्योति फिल्मस् म्युजिक अवार्ड २०८०’ दुबईमा आयोजना हुने भएको छ । रोयल मुभिज प्रालिको प्रस्तुतिमा विगत ४ वर्षदेखि नेपालमा नियमित आयोजना हुँदै आएको अवार्ड यो पटक दुबईमा हुन लागेको हो ।

आगामी पुस १ गते आयोजना हुने उक्त कार्यक्रममा नेपालबाट थुप्रै सेलिब्रटीको सहभागि हुने छन् ।

आयोजकले अवार्डमा ३३ बिधा समेटेको छ । जसको उत्कृष्ट ५ मनोनयन सूची समेत सार्वजनिक भएको छ । यो पटक अवार्डबाट भएको आम्दानी जाजरकोट र रुकुमका भुकम्प पिडितलाई सहयोग गरिने आयोजकले जानकारी दिएको छ ।

दुबईको याक एण्ड यति ग्राण्ड एस्टोरिया होटल बरदुवईमा आयोजना हुने अवार्डमा झन्डै ३० जना कलाकार सहभागी हुने आयोजक निरेन श्रेष्ठले बताए । अवार्डको संयोजकमा राजेन्द्र पुरी रहेका छन् ।

Total Page Visits: 207 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्