Wednesday, February 12Nepal News Portal
Shadow

वैशाख १ गतेदेखि प्रदर्शन हुदै सुरक्षा पन्तको फिल्म बुलाकी


काठमाडौं । सुरक्षा पन्त अभिनीत फिल्म बुलाकी को प्रदर्शन मिति परिवर्तन गरिएको छ।

यसअघि फागुन १९ गतेदेखि प्रदर्शन हुने भनिएको फिल्म अब वैशाख १ गतेदेखि प्रदर्शन हुनेछ। निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा सुरक्षा फरक पहिरनमा देखिएकी छिन्। उनले नाकमा बुलाकी लगाएकी छिन्।

लक्ष्मण सुनारको निर्देशन गरेको फिल्म ‘बुलाकी’ जारी प्रथामा आधारित छ।

टोपेन्द्र विष्टले निर्माण गरेको फिल्ममा सुरक्षा पन्तसँगै नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायत कलाकारको अभिनय छ। फिल्मलाई शिव ढकालले खिचेका हुन्।

फिल्मको कथा राजबहादुर सानेको रहेको छ भने पटकथा तथा संवादका लागि सानेसँगै निर्देशक सुनार, निर्मल पौडेल तथा विराज विष्टले सहकार्य गरेका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्