Thursday, September 18Nepal News Portal
Shadow

खेलकुद

लिग २ मा नेपालले आज ओमानसँग खेल्दै

लिग २ मा नेपालले आज ओमानसँग खेल्दै

खेलकुद, प्रमुख समाचार
काठमाडौं । आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार किंग्स सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । क्यानडा भ्रमणका क्रममा लगातार तीन खेलमा पराजित भएको नेपालले आजको खेल जित्दै शृङ्खलाको सुखद् अन्त्य गर्न चाहन्छ । पहिलो खेलमा नेपाल क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा क्यानडासँगै ५ विकेटले पराजित भएको थियो ।   यो ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी(२० सिरिज पनि खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ । यो सिरिज सकेर नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी(२० आई दुवै सिरिज हुनेछ ।...
नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

खेलकुद, ब्यानर, समाचार
काठमाडौं । क्यानडाले आईसीसी विश्वकप लिग-२ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएकोछ ।१८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए । परगत सिंहले ८३ बलमा ७ चौका र २ छक्कासहित ६४ रन बनाए । दोस्रो विकेटलाई परगन र नवनीतले १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरे । नेपालका सन्दीप लामिछाने २, करण केसी, गुलशन झा र ललित राजवंशीले १-१ विकेट लिए । त्यसअघि किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १८१ रनमा अल आउट भएको थियो । सन्दीप लामिछानेले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाएका थिए । गुलशन झाले ५६ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । एक समय २७.१ ओभरमा ८७(-७ को अवस्थामा पुगेको नेपाललाई सन्दीप र सोमपाल...
लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै

लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै

खेलकुद, प्रमुख समाचार
  काठमाडौं । आईसीसी विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग दोस्रो खेल खेल्दै छ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । त्यसपछि भएको ओमानसँगको खेलमा पनि नेपाल एक विकेटले पराजित भएको थियो । पहिलो खेलमा क्यानडासँग फराकिलो अन्तरमा पराजित भएपछि ओमानसँगको खेलमा केही खेलाडी परिवर्तन गरेपनि नेपालले जित्न सकेन । नेपालका युवा अलराउण्डर गुलशन झाले भने उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी एकै खेलमा पाँच विकेट लिने र अर्धशतक बनाउने खेलाडीसमेत बने । यसपटक लिग २ मा नेपालले कमजोर प्रदर्शन गरिरहेको छ । लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट भएको थियो । ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको थियो । नामिबियासँग...
आइसिसी लिग-२ः नेपाल र ओमानबीच अहिलेसम्म भएका सात एकदिवसीय खेलको नतिजा

आइसिसी लिग-२ः नेपाल र ओमानबीच अहिलेसम्म भएका सात एकदिवसीय खेलको नतिजा

खेलकुद, प्रमुख समाचार
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ। क्यानडामा भइरहेको सिरिजमा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो। नेपाल र ओमानबीच क्यानडाको ओन्टेरियोस्थित किंग सिटीको मेपल लिफ नर्थ(वेस्ट मैदानमा राति पौने ९ बजे खेल सुरु हुनेछ। एकदिवसीय फर्म्याटमा नेपाल र ओमान आठौं खेलमा भिड्न लागेका हुन्। यसअघि भएका सातमध्ये चार खेलमा ओमान विजयी भएको थियो। नेपालले भने तीन खेलमा मात्र जित निकालेको थियो। ओमानले नेपालविरूद्ध खेलेका सुरूवाती तीन खेलमा जित निकालेको थियो। सन् २०२० फेब्रुअरी ५ मा नेपाल र ओमानबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो एकदिवसीय खेल भएको थियो। आइसिसी लिग-२ अन्तर्गतको सो खेलमा नेपाल १८ रनले पराजित भएको थियो। कीर्तिपुर मैदानमै चार दिनपछि भएको दोस्रो खेलमा पनि नेपालले ओमानसँग ८ विकेटको हार बेहोरेको थियो। त्यसपछि २०२१ को सेप्टेम्बरमा ओमान र नेपा...
एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने

एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने

खेलकुद, प्रमुख समाचार
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेपछि अब नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रकिया थाल्ने भएको छ । एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको छ । साथै अब नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका लागि नयाँ प्रशिक्षक आवश्यक भएको छ । त्यसका लागि प्रो(लाइसेन्सप्राप्त प्रशिक्षकको नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको एन्फाले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । नेपालले विश्वकप छनोट, एसियन कप छनोट जस्ता खेल खेल्नका लागि प्रो(लाइसेन्स प्राप्त कोच हुनुपर्ने भएकोले नेपालले फेरि विदेशी प्रशिक्षक नै ल्याउनुपर्ने भएको छ ।   नेपालमा अहिलेसम्म प्रो(लाइसेन्स प्राप्त प्रशिक्षक छैनन् । तर नेपालले अब खेल्ने अन्तर्राष्ट्रिय फुटबल खेल २०२५ मार्च अर्थात आगामी चैतमा रहेकोले त...
प्रधानमन्त्रीले गरे महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण

प्रधानमन्त्रीले गरे महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण

खेलकुद, प्रमुख समाचार, ब्यानर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा टीम क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख रुपैयाँ प्रदान गरिएको हो। यसैगरी मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई रु दुई लाख,सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही रु एक लाख २० हजार राशीसहित पुरस्कार प्रदान गरिएको छ। गत साउन १७ देखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो। मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कूल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो। यसअघि पनि प्रधानमन्त्री ओलीले  खेलाडी र प्रशिक्षकलगायतसँग भल...
साफ यू–२० च्याम्पियनसिप: बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूहविजेता

साफ यू–२० च्याम्पियनसिप: बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूहविजेता

खेलकुद, समाचार
काठमाडौं बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताको रुपमा साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले २-१ को जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २-१ को अग्रता लिएको थियो । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेशले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दियो । खेलको १७ औं मिनेटमा नेपालले अग्रता लियो । बंगलादेशका गोलरक्षक मेहेदी हसन स्रबनले आफ्नो हाफको मध्य भागमा समिर तामाङको दबाबमा बल फुस्काए । समिरले त्यसपछि बल अघि बढाउँदै खाली पोस्टमा गोल गरे । त्यसको दुई मिनेटपछि नै नेपालले अग्रता दोब्बर पार्यो । अभिनाश स्याङतानले दायाँ विगंबाट दिएको क्रसलाई निराजन धामीले पहिलो टचमै गोल गरे । ४३ औं मिनेटमा बंगलादेशका लागि मिराजुल इस्लामले पेनाल्टीमा गोल गरे । राम थापाले पेनाल्टी क्...
वुमन्स एसिया कपः यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

वुमन्स एसिया कपः यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

खेलकुद, समाचार
काठमाडौं – यूएईले एसीसी वुमन्स एसिया कपमा प्रतियोगिता २०२४ को पहिलो खेलमा नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनायो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । यूएईले ओपनर तथा कप्तान ईशा ओझालाई दोस्रो ओभरको पाँचौं बलमा १० रनमा रन आउटको रुपमा गुमाएको थियो । एक रन लिने वा नलिने अन्यौलमा अर्की ओपनर थीर्थ सतिशसँग तालमेल गर्न नसक्दा उनी रन आउट भएकी थिइन् । सबनम राइको इनस्वींग बलमा रिनिथा रजिथा ६ रनमा बोल्ड आउट भइन् । कप्तान इन्दु बर्माको छैटौं ओभरको तेस्रो बलमा सतिश ९ रनमा कट एण्ड बोल्ड आउट भएपछि यूएई दबाबमा परेको थियो । इन्दुलाई कभरमा सट खेल्नेधुनमा समिरा धर्निधर्क १३ रनमा कविता कुँवरबाट क्याच भएपछि यूएई ७।२ ओभरमा ४६–४ को अवस्थामा पुगेको थियो ।पाँचौं...
महिला एसिया कप क्रिकेटः कप्तान इन्दु बर्माले लिइन् यूएईको तेस्रो विकेट

महिला एसिया कप क्रिकेटः कप्तान इन्दु बर्माले लिइन् यूएईको तेस्रो विकेट

खेलकुद, प्रमुख समाचार, ब्यानर
काठमाडौं । श्रीलङ्काको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्सको तेस्रो विकेट लिएको छ । यूएईले तेस्रो विकेटका रूपमा ओपनर थिरथा सतिषलाई गुमाएको हो । थिरथालाई नेपाली टोलीकी कप्तान इन्दु बर्माले आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएकी हुन् । पेभेलियन फर्किनुअघि उनले १२ बलमा एक चौकाको मद्दतले नौ रन बनाएकी थिइन् । ५‍३ ओभरमा उनी आउट हुँदा यूएईले ३६ रन बनाएको छ । नेपालले टस जिती यूएईलाई पहिले ब्याटिङको निम्तो दिएको हो । त्यसअघि यूएईले पहिलो विकेटका रूपमा कप्तान एसा ओजालाई गुमाएको थियो । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । सबनम राईले फालेको पाँचौँ बलमा ओजा रन लिन दौडिएकी थिइन् । तर, बल फिल्डरको हातमा पुगेपछि उनी पुनः फर्किएकी थिइन् । तर, त्यसअघि नै रुविना क्षेत्रीले विकेटकिपर काजोल श्रेष्ठलाई बल उपलब्ध गराइन् र ...
भारतलाई टि- २० विश्वकप उपाधि

भारतलाई टि- २० विश्वकप उपाधि

खेलकुद, प्रमुख समाचार, ब्यानर
काठमाडौं  । टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधि भारतले हात पारेकाे छ । भारतले शनिबार राति खेलिएको फाइनलमा दक्षिण अफ्रिकामाथि सात रनको रोमाञ्चक जित हासिल गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यसअघि भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि चुमेको थियो । सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका कुनै समय जिततर्फ अग्रसर थियो । तर, अन्तिम समयमा आएर दक्षिण अफ्रिका उपाधिबाट विमुख हुनु पग्यो । दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६९ रनमात्र बनाउन सक्यो । भारतको यो दोस्रो टि-२० विश्वकप उपाधि हो । २००७ को पहिलो संस्करण जितेयता भारतले उपाधि जित्न सकेको थिएन । यस्तै भारतले ११ वर्षको आइसीसी उपाधिको खडेरी समाप्त गरेको छ । अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको थियो । तर पहिलो बलमा नै डेविड मिलर आउट भए । लङ अफ बाउण्ड्रिमा सूर्यकुमार यादवले सानदार क्याच गर्दै उनलाई पे...