Friday, September 19Nepal News Portal
Shadow

ब्यानर

प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

प्रमुख समाचार, ब्यानर
काठमाडौ‌ं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। पार्टी कार्यालय निर्माणका नाममा जग्गा लिएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै ओलीविरुद्ध उजुरी परेको हो । सिन्धुलीका युवराज पौडेल ९सफल०ले आज आयोगमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ द्वारा आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाही माग गरिएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) ले दान दातव्य उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको भन्दै उजुरीमा देशकै प्रधानमन्त्री कानुन उल्लङ्घन गरेको उल्लेख छ । भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि पछिल्लो समय यो विषय विवादमा छ ।...
बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छः प्रधानमन्त्री

बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छः प्रधानमन्त्री

प्रमुख समाचार, ब्यानर
काठमाडाैं ।  केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताएका छन्। प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निर्णयहरु गरिने जानकारी गराए।प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडकहरु अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको उल्लेख गरे। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलसमेत सहभागी कार्...
राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’को शुभारम्भ

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’को शुभारम्भ

बैंक तथा वित्त, ब्यानर, समाचार
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । दश लाख रकम भित्र एक लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिने बैंकले जनाएको छ । कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले कृषि कर्जा निर्देशिका, २०६९९संशोधन सहित० अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुवै प्रकृतिको हुने बैंकले जनाएको छ । यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ । आधार दरमा ०।५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकल...
विपद व्यवस्थापनका लागि विश्व बैंकले दियो नेपाललाई रू २० अर्ब ऋण

विपद व्यवस्थापनका लागि विश्व बैंकले दियो नेपाललाई रू २० अर्ब ऋण

प्रमुख समाचार, ब्यानर
काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट विपद् प्रतिरोध तथा यस सम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर (करीब २० अर्ब रुपैयाँ) ऋण लिने भएको छ। बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारलाई प्राकृतिक वा जलवायुजन्य विपद् तथा आपत्‌कालको अवस्थामा उपयोग गर्न यो ऋण दिने निर्णय गरेको हो। नेपाल विपद् प्रतिरोधात्मक विकास नीति ऋण कार्यक्रमले विपद् प्रतिरोधात्मक क्षमता बढाउन नीतिगत सुधारलाई सहयोग गर्ने र प्रभावकारी आपतकालीन प्रतिकार्यका लागि संस्थागत संयन्त्रलाई सुदृढ बनाउने उद्देश्य राखेको छ। विपदको क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई सुधार गर्ने, जोखिम न्यूनीकरणका लागि नीति, संस्था र नियामक संरचना निर्माण गर्ने र सार्वजनिक स्वास्थ्य आपत्‌कालीन तयारीलाई थप मजबूत पार्न मद्दत गर्ने जनाइएको छ। साथै, यस सहयोगले विपद्पश्चात् तत्काल वित्तीय साधन उपलब्ध गराएर नेपाललाई विपद् प्रतिकार्य र प...
विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छः प्रधानमन्त्री

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छः प्रधानमन्त्री

प्रमुख समाचार, ब्यानर
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल परिवर्तन गर्नुपर्ने जनाएका छन् । लगानी बोर्डको ५९औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरूपमा काम गर्न आग्रह गरेका हुन् । ‘हामीले सामान्य सुधार ९रिफर्म० होइन, रुपान्तरण ९प्याराड्याम सिफ्ट० नै गर्नुपर्छ । पुरानापुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन । बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘यताबाट उता फाइल पठाउने र अध्ययन–विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन । कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा हुनुपर्ने उचित काम प्रभावकारी रूपमा हुनुपर्छ ।त्यसका लागि हामीले फाइल कहाँ पुग्यो भन्ने ट्रयाकिङ प्रणाली कार्यान्वयन गर्दैछौँ । कुनै पनि फाइल सम्...
मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण

मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण

प्रमुख समाचार, ब्यानर
काठमाडौंं। काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको सुरूवात गरेका हुन् । सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)  का विभिन्न पानी बितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट पानी बितरण प्रक्रिया सुरु गरीने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई। रत्नप्रशाद लामिछानेले बताए । उनले भने, ‘मन्त्री ज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ। अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ।’ मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ...
श्रमिक नेपालका आर्थिक शक्ति हुन्ः अर्थमन्त्री पौडेल

श्रमिक नेपालका आर्थिक शक्ति हुन्ः अर्थमन्त्री पौडेल

प्रमुख समाचार, ब्यानर
काठमाडौं। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले श्रमिक नेपालको आर्थिक शक्ति भएको जनाएका छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघको एसिया प्रशान्त क्षेत्रको २६औं सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको सामाजिक–आर्थिक शक्तिका रुपमा आत्मसात गरेको जनाए । श्रम शक्तिलाई दक्ष र व्यवसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने नीति समेत लिइएको उनको भनाइ छ । सामाजिक सुरक्षा कोषको स्थापना गरी सबै श्रमिक एवम कामदारलाई कोषको दायरामा ल्याइ भरपर्दो सामाजिक सुरक्षा प्रणाली स्थापित गरिएको समेत उनले बताए । उनले भने, ‘श्रमिक र उद्यमी व्यवसायीबीच सु–सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोत्साहन गर्ने नीति लिइएको छ, श्रम सम्बन्ध सुधारका लागि श्रम सम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण...
बीमा मार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयास भइरहेको छः मन्त्री पाैडेल

बीमा मार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयास भइरहेको छः मन्त्री पाैडेल

प्रमुख समाचार, ब्यानर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या रहेको बताए । भारतको नयाँदिल्लीमा सञ्चालित दक्षिण एसिया क्षेत्रको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, ‘दक्षिण एसिया जनसांख्यिक हिसाबले पनि जोखिम क्षेत्रमा छ । स्रोत अभावमा साझा स्वास्थ्य समस्यासँग लड्न समस्या देखिएको छ ।’ मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो स्रोत वृद्धिका लागि पनि लाग्ने प्रतिबद्धता जनाए । ‘हामी हाम्रा देशका स्वास्थ्य संकटसँग लड्न आफैं पनि स्रोत बढाउने प्रयास गरिरहेका छौं,’ उनले भने । संगठन सदस...
रोजगारी र सुशासनमा मिलेर काम गर्न दलहरूलाई राष्ट्रपतिको सुझाव

रोजगारी र सुशासनमा मिलेर काम गर्न दलहरूलाई राष्ट्रपतिको सुझाव

प्रमुख समाचार, ब्यानर
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शासन सत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवाहरूलाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्तामा उनले उक्त सुझाव दिएका हुन् । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर स्वदेश फर्केपछि सोबारे जानकारी दिन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरू मिलेर मुलुकमा देखिएका समस्याहरूको समाधान खोज्न आग्रह गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । गाउँ गाउँमा आधारभूत सुविधाहरू पुगेर बस्ने अवस्था सृजना भए पनि रोजगारी र आम्दानी नभएकाले मानिसहरू गाउँ छोडिरहेको हुनाले त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनले आवश्यकता औँल्याए । राष्ट्रपति पौडेलले हालै आएको बाढी पहिरोबाट प्रभावितहरूको राहत तथा पुनर्निर्माण...
राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

प्रमुख समाचार, ब्यानर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित बडादशैंको अवसरमा आज बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका छन् । काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ । सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनःनिर्माणमा सहयोगका लागि आग्रह गरे । साथै काठमाडौं मकवानपुरको सडक छिटो पुनःनिर्माण गरी निर्वाध यातायात सञ्चालन हुनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए । राष्ट्रपति पौडेल मन्दिर पुग्दा ...