Monday, November 3Nepal News Portal
Shadow

Uncategorized

ग्रामिण विकास लघुवित्तको साधारण सभा सम्पन्न

Uncategorized
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार कम्पनीका अध्यक्ष भरतराज कोईलाराको अध्यक्षतामा कम्पनीको प्रधान कार्यालय बुटवलमा नवौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०७९८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ । साथै, सोही सभाले चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै सभाले अन्य कुनै वित्तीय संस्थासँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिका लागि मर्जर समिति गठन गर्ने र उपयुक्त लघुवित्त संस्था पहिचान गरी सहमतिपत्रमा हस्ताक्षर गर्ने र सो सम्बन्धी अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।...
घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

Uncategorized
  काठमाडौं । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले भने, “सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा गरेका निर्णय समेटेर गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक सूचना प्रकाशन गरेको छ, अब घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवा...
एसईईको नतिजा भोलि सार्वजनिक हुने

एसईईको नतिजा भोलि सार्वजनिक हुने

Uncategorized
काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बिहीबार बिहान नतिजा सार्वजनिक गरिने जानकारी दिए । २०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार विद्यार्थी सहभागी भएका थिए ।...
दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालय चलाउँछुः मन्त्री यादव

दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालय चलाउँछुः मन्त्री यादव

Uncategorized
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कुनै पनि दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताएका छन् । बुधवार लागु औषध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विदेशी दिन्छन् र काम गर्छु भन्ने आसमा स्वास्थ्य मन्त्रालय नबस्ने भन्दै मन्त्रालयलाई आफूले आजैबाट आत्मनिर्भर बन्ने कार्यविधि बनाउन निर्देशन दिने बताए । उनले नेपालमा बसेर नेपालकै विरोध गर्ने र लगानी गरेन भन्नेजस्ता आरोप नलगाउन विभिन्न सङ्घ संस्थाहरूलाई आग्रह गरे । मन्त्री यादवले एनजिओ, आइएन्जिओको सहयोग नेपालमा रहेको र सरकारले स्वागत पनि गरिरहेको भन्दै नेपाल सरकारले केही गरेन भन्ने जस्ता अभिव्यक्ति नदिन चेतावनी दिए । उनले कसैको सहयोगको आस गर्न नपर्ने गरी मन्त्रालयको कार्यविधि बनाइ लागू गर्...

काठमाडौँमा चिनियाँ शैक्षिक प्रदर्शनी

Uncategorized
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली विद्यार्थीका लागि चीन प्रमुख गन्तव्य रहेको र त्यसले दुई देशको सम्बन्धलाई बलियो बनाएको जनाएका छन् । नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले मंगलबार आयोजना गरेको एक दिवसीय चिनियाँ उच्च शैक्षिक प्रदर्शनी उद्घाटन गर्दै उनले चीनमा अध्ययन गरेका थुप्रै नेपालीले नेपालमा कुनै न कुनै पेसा गरेर विभिन्न क्षेत्रमा राम्रो योगदान दिइरहेको जनाए । चीन सरकारले दिइरहेको छात्रवृत्तिका कारण यो सङ्ख्या अझै बढ्ने विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ विश्वविद्यालयबाट शिक्षा प्राप्त गर्नेहरूले नेपालको विकासमा ठुलो योगदान दिने सक्ने विश्वास व्यक्त गरे । नेपाल र चीनका विभिन्न विश्वविद्यालयबिच सहकार्य भएको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले नेपालका विद्यार्थीहरू ठुलो सङ्ख्यामा चीनको भ्रमण गर्ने गरेको र त्यस...

अभिकर्ता बनेको ६ महिनामै एमडीआरटी बने उमेश सापकोटा

Uncategorized
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका उमेश सापकोटा बिश्वका अभिकर्ताहरुको अन्तर्राष्ट्रिय मंचको एमडीआरटी २०२५ बन्न सफल भएका छन् । कम्पनीको पनौति शाखामा कार्यरत अभिकर्ता सापकोटा अभिकर्ता बनेको ६ महिनामा नै एमडीआरटी बनेका हुन् । चुनौतीलाइ अबसरमा बदल्न खप्पिस उनले अहिले सम्म लागेको हरेक क्षेत्रमा सफल भएतापनि अहिले काम गरिरहदा आफु बीमा गराउनकै लागि जन्मिएको र यहीँ क्षेत्रमा समर्पित रहदै सीओटी बन्ने उदघोषण गरेका छन्। सो अवसरमा कम्पनीको प्रधान कार्यलयमा एक सम्मान कार्यक्रम सहित केक काटेर खुसियाली मनाइएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत सम्पुर्ण उच्च पदस्थ ब्यबस्थापन तह, क्षेत्रीय प्रमुख, एरिया म्यानेजर , शाखा प्रमुख लगायतले सापकोटालाइ उपलब्धिको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनको लागि थप सफलताको कामना गरे ।...

असार ८ गतेसम्म काठमाडौंका यी स्थानमा दैनिक ४ घन्टा विद्युत अवरूद्ध हुने

Uncategorized
काठमाडौंका विभिन्न स्थानमा आइतबार (आज) देखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ। विद्युत् प्राधिकरण अन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सार्वजनिक गरेको सूचना अनुसार काठमाडौंका विभिन्न वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा दैनिक ४ घन्टा बिजुली अवरूद्ध हुने भएको हो। आयोजनाले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि ती क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने बताएको छ। आइतबार जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ। सोमबार कुलेश्वर वितरण केन्द्रको कालीमाटी फिडर अन्तर्गत रविभवनदेखि कलंकी मन्दिरसम्मको क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ। मंगलबार वानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्...

गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔँः सांसद गौतम

Uncategorized
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने जनाएकी छिन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले नेपालमा संख्यामा भन्दापनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउनुपर्ने जनाएकी हुन् । उनले त्यसको लागि मापदण्ड बनाउनुपर्ने पनि जनाइन् । उनले भनिन्, ‘साँच्चिकै परिवर्तन गर्ने हो भनेदेखि गुणस्तरमा आधारित पर्यटकहरु भित्राउनुपर्छ । त्यसको लागि मापदण्ड तयार गर्ने कुरामा सरकार संवेदनशील हुनुपर्‍यो ।’ उनले नीति नै बनाएर खर्च गर्नसक्ने पर्यटक मात्रै भित्र्याउनुपर्ने बताइन् । नेपालको पर्यटनको मूल आधार हिमाल, प्राकृतिक सम्पदा र संस्कृतिहरु रहेका भन्दै त्यहाँ नआउने पर्यटकहरुबाट पर्यटन प्रवर्द्धन नहुने उनले बताइन् । उनले संख्यामा पर्यटक गन्न छोड्नुपर्ने जनाइन् ।...

प्रभु बैंक लिमिटेडले बझाङ्गको चैनपुरमा नयाँ शाखा विस्तार

Uncategorized
काठमाडौं । प्रभु बैंक लिमिटेडले बझाङ्गको चैनपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार आज जेठ ३२ देखि जयपृथ्वी नगरपालिका,वडा न १० बझाङ्ग मा स्थित चैनपुरमा आफ्नो ३०४ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो । बैकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ । बैंकको चैनपुर शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ । त्यसैगरी, ग...
ग्रामीण विकास लघुवित्तले डाक्यो साधारण सभा

ग्रामीण विकास लघुवित्तले डाक्यो साधारण सभा

Uncategorized
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौं वार्षिक साधारण सभा असार १५ गते शनिवार गर्ने भएको छ । कम्पनीको हिजो जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा विहान ११ बजे प्रधान कार्यालय बुटबलमा शुरु हुनेछ । साधारण सभा भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९र ८० को संस्थाको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९ र८० को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने छ । सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०र ८१ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति साधारण सभाले गर्ने र ...