Tuesday, May 14Nepal News Portal
Shadow

लोकप्रिय स्मार्टफोन रेडमी १० २०२२ अब छुट मूल्यमा


काठमाडौं । शाओमीले स्मार्टफोन रेडमी १० २०२२ नेपाली प्रयोगकर्ताहरूका लागि छुट मूल्यमा उपलब्द गराएको छ । जेठ २ देखि जेठ १७ गतेसम्म सो फोन खरिद गर्दा सिमित अवधिकालागि छुट मूल्यमाउपलब्ध गराउने भएको हो ।

आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेडमी १० २०२२ मा अफर स्वरुप मुल्य घटाएको शाओमीले जानकारी दिएको छ ।

“ग्राहकहरूले सुपथमूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रो संग बुझेका छौं र हामी विश्वस्त छौं कि रेडमी १० २०२२को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ । ” शाओमीका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले भने ।

यो स्मार्टफोनमा ६.५ इन्चको एफएचडी प्लस डिस्प्ले रहेको छ । जसले प्रयोगकर्ताहरूलाई गेम, भिडियो र मल्टिमिडिया सामग्रीकालागि इमर्सिभ अनुभवप्रदान गर्दछ ।

रेडमी १० २०२२पेबल सेतो, कार्बन ग्रे, सी ब्लू गरी तीन रंगहरूमा उपलब्ध छ । यो ४ जीबी ६४ जीबी र ६ जीबी १२८ जीबी गरि दुई भेरियन्टमा उपलब्ध छ ।
४ जी.बी रेम र ६४ जीबी मेमरी भएको मोबाइलको मूल्य २० हजार ४९९ रुपैयाँ पर्छ भने छुटपछिको मूल्य १९ हजार ९९९ रहेको कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै, ६ जीबी रेम र १२८ जीबी मेमरी भएको मोबाइलको वास्तविक मूल्य २३ हजार ९९९ रुपैयाँ पर्छ भने छुटपछिको मूल्य २२ हजार ९९९ रुपौयाँ रहेको छ । रेडमी १० २०२२ देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्राविक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध छ ।

Total Page Visits: 132 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्