Friday, May 10Nepal News Portal
Shadow

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घट्ने


काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपाल) को योगदान घट्ने भएको छ।

२०७९/८० को आर्थिक सर्वेक्षणले यो आर्थिक वर्ष (वर्ष)मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ०.६ प्रतिशतले घट्ने अनुमान गरेको हो।

गत आर्थिक वर्ष २०७८/७९ मा यस्तो योगदान २४.७ प्रतिशत थियो भने यो वर्ष २४.१ प्रतिशत रहने अनुमान गरिएको छ।

धान लगायत वर्षे बालीको उत्पादनमा वृद्धि भएता पनि हिउँदे बालीको साथै दूध, अण्डा तथा मासुको उत्पादनमा केही ह्रास भएको हुँदा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य वृद्धि हुने अनुमान छ।

Total Page Visits: 144 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्