Friday, May 10Nepal News Portal
Shadow

परम्परागत खेतिबाट आधुतिकतर्फ कृषि व्यवसाय


काठमाडौं । अहिले खेतीको शिजन हो । विभिन्न स्थानमा अहिले धान रोप्ने काम भइरहेको छ । तर, पानी नपरेर कतिपय स्थानका कृषक चिन्तित छन् भने कतिमय कृषक समयमा मल नपाएर अहिले निराशमा छन् ।

मल बाहिरी देशबाट आपूर्ति गर्नुुपर्ने हुँदा नेपालसम्म आइपुग्न करिब ६ महिना लाग्ने कृषि विभागका महानिर्देशक डा. हरि बहादुर के.सी बताउँछन् ।

“कहिले काही हामीकहाँ बजेटको सुनिश्चितता हुँदैन । कहिले ठेकेदारले मल ल्याउन ढिला गर्छन् । यसकारण समयमा मल आउँदैन,” उनले भने, “यो वर्ष भने मन्त्रालयले चाँडो गरिदिएको छ । समयमै मल पु¥याउने प्रयास भइरहेको छ ।”

केसीकाअनुसार अहिले कृषकहरूले कृषि व्यवसायलाई नै परिवर्तन गरेका छन् । उनीहरूले व्यावसायीक कृषिका ठुला–ठुला फमहरू सञ्चालनमा ल्याइसकेका छन् । केसी भन्छन्, “ड्राइगन फुड नेपालमा थिएन तर अहिले धेरै ठाउँमा यसकको व्यावसाय गर्न थालेका छन् ।” उनले किवी खेति पनि नेपालमा भित्रिएको २० वर्षभन्दा धेरै नभएको बताए ।

“उच्च स्थानमा फल्ने स्याउका फमहरू पनि थुप्रै आएका छन् । तरकारी खेतीका व्यावसायीक फमहरू पनि विकास भइरहेका छन्,” उनले भने ।

विगत केहि वर्षदेखि नेपालमा कृषि व्यावसायीकरणमा अगाडि बढेको केसी बताउँछन् । खासगरी तरकारी खेती, नगदे बालीहरू जस्तैः (चिया, कफि, अलैची, अदुवा, बेसार र आलु) र फलफूल बालीहरूमा पनि असाध्य राम्रा व्यावसायिक फमहरू आइरहेका छन् । खासगरी खाद्यान्न बालीहरूमा पनि उत्पादन उत्पादकत्वमा लेवलमा राम्रो वृद्धि भएको उनी बताउँछन् ।

“धेरै जसो बिरुवाहरू नेपालमै उत्पादन हुन्छन् । तर, नेपालमा उत्पादन नगरिने केही विरुवाहरू बाहिरबाट ल्याएर कृषकहरूलाई अनुदानको रूपमा बाँढिरहेको छौं,” उनले भने, “खासगरी स्याउ, ओखर जस्ता बालिहरूका बिरुवाहरू अझै पनि हामीले बाहिरबाट ल्याउने गरेका छौं । त्यो बाहेक अरु सामान्य अवस्थामा रोपिने फलफूलहरू, सुन्तला जात फलफूलका बिरुवाहरू र अन्य हिउँदे फलफूलका बिरुवाहरू हामीसँग उपलब्ध छन् । मागअनुसार वितरण पनि भएको छ ।”

हाईब्रिड जातका बिरुवाहरू नेपालमा माग अनुसार नभएको केसी बताउँछन् । थोरै मात्र हाईब्रेडहरू रहेको पनि उनले जानकारी दिए । मकैको केही जातहरू, धानकोे केहि जातहरू र तरकारीका केहीजातहरू हाईब्रेडको उत्पादन चाहीँ नेपालमै उत्पादन हुने गरेको उनले बताए । तर, त्यो उत्पादनले नपुग्ने बताए ।

“यो व्यावसायिक भएन भन्ने हैन विस्तारै हुँदैछ । केहि समस्याहरू छन् । त्यसकारणले गर्दा चाहे जस्तो व्यवसायिक हुन सकेको छैन । यो सत्य हो,” उनले भने ।

उनकाअनुसार अन्य देशहरूमा सस्तो उत्पादन हुने भएकाले नेपालका कृषकहरूले प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

सरकारले व्यक्तिलाई अनुदान दिनुभन्दा सिस्टम बनाएर सिचाईंका पूर्वधारहरू बनाइदिने, बजारका पूर्वधारहरू बनाइदिने र सहुलियत दिने हो भने कृषि क्षेत्र अझ फस्टाउँदै जाने केसीको भनाइ छ ।

Total Page Visits: 184 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्