Friday, May 10Nepal News Portal
Shadow

प्रभु बैंकबीच र भिजि इम्पेक्स फाइनान्सिङ सम्झौता


काठमाडौं । भिजि इम्पेक्स र प्रभु बैंकबीच फाइनान्सिङको लागि सम्झौता भएको छ।

भिजि इम्पेक्स प्रालि नेपालमा जिडब्लुएमका सवारी साधनहरूको एकमात्र आधिकारिक आयातकर्ता तथा वितरक हो। कम्पनी र बैंकबीच जिडब्लुएमको विद्युतीय गाडी ओरा ०३ खरिदको लागि वित्तीय ९फाइनान्सिङ० सम्झौता भएको हो।

कम्पनीका अनुसार जिडब्लुएमको ओरा ०३ इभी खरीद गर्न चाहने ग्राहकहरूलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्ने, प्रतिस्पर्धी ब्याजदर, र कर्जा अवधि उपलब्ध गराउने उद्देश्यका साथ सहकार्य गरिएको हो।

प्रभु बैंकले १२.०६ प्रतिशत ब्याजदर सहित अटो कर्जा प्रदान गर्ने सम्झौता भएको छ। यसमा बैंकले आफ्नो निर्णयको आधारमा ब्याजदर समायोजन गर्न सक्नेछ।

अटो लोन फाइनान्सिङको लागि बैंकले व्यक्ति र फर्म दुवैको लागि कर्जा रकमको ८० प्रतिशतसम्म उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ। यसको नियमित अधिकतम कर्जा अवधि ५ वर्ष हो। तर विशेष अवस्थामा यो ७ वर्षसम्म बढाउन सकिन्छ। थप ०.७५ प्रतिशतको प्रशासन शुल्क बैंकद्वारा चार्ज हुनेछ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको प्रभु बैंक शाखामा गएर आवेदन दिन सक्नेछन्।

Total Page Visits: 126 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्