Monday, May 20Nepal News Portal
Shadow

रिडी हाइड्रोपावरको १२.६ प्रतिशत लाभांश घोषणा


काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले यस वर्ष कर समेत १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चसक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ । कम्पनीले सोही पूँजीको आधारमा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

 

Total Page Visits: 683 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्