Friday, May 10Nepal News Portal
Shadow

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा


काठमाडौं ।सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएकोसनराइज फर्स्ट म्युचुअल फण्डले प्रतिफल घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको बिहीबारको बैठकले फण्डका इकाइधनीलाई आर्थिक वर्ष २०७९/८० का लागि करसहित १६ प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।

फण्डले इकाइधनीलाई १३ करोड ५६ लाख रुपैयाँ प्रतिफल वितरण गर्न लागेको हो । इकाइधनी दर्ता किताब बन्द (बुक क्लोज)को मिति भने पछि प्रकाशन गरिने बताइएको छ ।

Total Page Visits: 135 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्