Saturday, April 27Nepal News Portal
Shadow

ग्लोबल आइएमई बैंक वाणिज्य बैंकहरूमध्ये बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक


काठमाडौं। ग्लोबल आइएमई बैंक वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर तिर्ने बैंक बनेको छ। बैंकले गत आर्थिक (आव)वर्ष २०७९/८० मा ५ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेको जानकारी दिएको छ।

मर्जमा गएका अधिकांश बैंकहरूले वित्तीय अवस्था राम्रो देखिएको छैन्। ग्लोबल आइएमईको सञ्चालक समिति तथा व्यवस्थापनले सहजरूपमा मर्जलाई व्यवस्थापन गर्दै अधिकांश वित्तीय सूचकहरूमा प्रतिष्पर्धी बैंकभन्दा राम्रो नतिजा ल्याएको बैंकको दाबी छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको अध्यक्ष हुन् । ग्लोबल आइएमई बैंक कूल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक हो।

हाल यस बैंकको कूल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ। यसको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ। बैंकले गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ।

झन्डै २ दर्जन जति बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित गरिसकेको छ। गत वर्ष ग्लोबल आइएमईले गत वर्ष बैंक अफ काठमाण्डुलाई गाभेको थियो।

बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५३.९३ प्रतिशत बढेको छ भने कर्जा लगानी ३८.०९ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ।

Total Page Visits: 121 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्