Saturday, April 27Nepal News Portal
Shadow

मनकामना इन्जिनियरिङ्गको आईपीओमा आवेदन आज अन्तिम दिन


काठमाडौं । मनकामना इन्जिनियरङ्ग हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा यही साउन २८ गतेदेखि निष्कासन गरेको थियो ।

कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्तासहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले जारीपूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात आठ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका आठ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको थियो । दुई करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दुई लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गरेको थियो । त्यसैगरी, कम्पनीले ४० हजार कित्ता सेयर कर्मचारीहरूका लागि र एक लाख कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिसकेको छ ।

सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बि।ओ।के। क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकसहित नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको ‘मेरो शेयर’ वेबसाइटबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले दोलाखाको गौरिशंकर गाउपालिकामा पाँच मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनाको निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । यो आयोजनाको कुल अनुमानित लागत एक अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी आठ रुपैयाँ ३७ पैसा ऋणत्मक रहेको छ । त्यस्तै वास्तिविक प्रतिशेयर नेटवर्थ २०७८र७९ सम्म ७४ रुपैयाँ रहेको छ । यसैका आधारमा नेप्सेले पहिलो कारोबार रेन्च तोक्ने गरेको छ । कम्पनी उक्त अवधिसम्म १३ करोड ४१ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

Total Page Visits: 134 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्