Friday, May 10Nepal News Portal
Shadow

खुकुलो मौद्रिक नीति बनाउन अर्थमन्त्रीको निर्देशन


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाएर लैजान निर्देशन दिएका छन् । आर्थिक छलफल चौतारी नेपालले आयोजना गरेको नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति विषयक अन्तर्क्रया कार्यक्रममा बोल्ने क्रममा महतले आगामी मौद्रिक नीति व्याजदर घटाउने तर्फ केन्द्रित हुनु पर्ने बताएका छन् ।

मौद्रिक नीतिका सम्पुर्ण उपकरणहरु सापेक्षा उपयोग गर्दै खुकुलो बनाउदै लैजानु पर्ने उनको धारणा रहेको छ । उनले भने ‘मौद्रिक नीति अलिकति खुकुलो बनाउदाखेरी हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्छ ।’

राष्ट्र बैंक सँगको समन्वयमा भएका कतिपय कदमले अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखापर्दै गइरहेको भन्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान हुँदै गइरहेको दाबी समेत गरेका छन् । कोभिड १९ पछि मौद्रिक नीति धेरै नै खुकुलो गर्दा समस्या देखिए पछि त्यसलाई ठाकछोप गर्न कडाइको नीतिले अहिलेको आर्थिक अवस्था सिर्जना भएको आरोप समेत लगाएका छन् ।

मौद्रिक नीति र वित्तीय नीति विच समन्वय हुनु पर्ने भन्दै महतले चालु खर्च बढाउन सकेको भएर बैंकिङ प्रणालीमा पैसा आउने र तरलता सहज हुनु पर्नेमा त्यस्तो नभएको स्वीकार समेत गरेका छन् ।

बैदेशिक मुद्रामा सञ्चिति घट्दा सरकारले लिएका कतिपय कदमले राजश्व संकलनदेखि लिएर समग्र अर्थतन्त्रमा असर पुर्याएको भन्दै अर्थमन्त्री महतले साना तिना समस्यामै क्राउडिङ भएर हतार हतारमा निर्णय गर्ने हाम्रो बानीले अर्थतन्त्रमा समस्या सिर्जना गरेको तर्क गरेका छन् । उनले भने ‘अर्थतन्त्रमा धेरै कुराले असर गर्छ तर हाम्रा आन्तरिक नीतिगत निर्णयले सबैभन्दा धेरै असर गरेको छ ।’

कुनै पनि आयोजना १० औ वर्षसम्म सञ्चालन हुने अवस्थालाई तीन वर्षमा सक्नु पर्ने भनेका छौ । यसले आगामी वर्षमा पूँजीगत खर्च बढाउने उनले ठोकुवा गरे । वित्तीय नीति र मौद्रिक नीतिलाई लय मिलाएर काम गर्न सकियो भने अर्थतन्त्रले गति लिने महतको भनाइ छ ।

Total Page Visits: 113 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्