Thursday, May 2Nepal News Portal
Shadow

कोकोकोलाले नेपालबाट गर्‍यो गिनिज वल्र्ड रेकर्ड उपलब्धी, कार्यक्रममा सहभागिलाई दियो मोमो पार्टि


काठमाडौं । कोकाकोलाले नेपालबाट गिनिज वर्ल्ड रेकर्ड उपलब्धी गरेको छ। गत शुक्रबार काठमाडौंको बौद्धस्थित हायात रेजेन्सी ग्राउन्डमा ’काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करणको आयोजना गर्दै ‘द लार्जेस्ट मोमो पार्टी’ मार्फत् नयाँ गिनिज वर्ल्ड रेकर्ड उपलब्धी गरेको हो।

कोकाकोलाले ५०० जनाभन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम आयोजना गरेको थियो। प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियो।

खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हाइजिन इन्स्पेक्टर र दुईजना साक्षी पनि कार्यक्रममा उपस्थित थिए।

कोकाकोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले यस अविस्मरणीय अनुभवले कोकाकोलाले इतिहास रचेको बताइन्। उनले भनिन, “कोकाकोला र मोमो नेपालीहरूलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यसकुराको साक्षी बन्न पुगेको छ। परिकारहरूको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो। हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौं।”

कोकाकोलाले नेपालमा आफ्नो ५० वर्ष मनाउँदै गर्दा यो गिनिज वर्ल्ड रेकर्ड उपाधिले कोकाकोलाको सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने आफ्नो विरासतलाई कायम गरेको जानकारी दिएको हो ।

Total Page Visits: 46 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्