Friday, May 17Nepal News Portal
Shadow

भारतमा कोरोना संक्रमितको संख्या घट्न थाल्यो, दैनिक ६० हजार मात्र


काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या घट्न थालेको छ । अहिले दैनिक नयाँ संक्रमितको संख्या ६० हजारमा झरेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ६० हजार ४७१ नयाँ संक्रमित थपिएका हुन् ।

यो संख्या भारतको लागि ७५ दिनयताकै सबैभन्दा कम हो । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या पनि २ करोड ९५ लाख ७० हजार नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ९ लाख १३ हजारमा झरेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण २ हजार ७२६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या तीन लाख ७७ हजार ३१ पुगेको छ ।

Total Page Visits: 686 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्