Friday, May 17Nepal News Portal
Shadow

दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने प्रस्ताव


 

काठमाडौं । यातायात व्यवस्था विभागले दसैंका लागि अग्रिम टिकट बुकिङ असोज दोस्रो सातादेखि खुलाउने प्रस्ताव गरेको छ। विभागले यातायात व्यवसायीहरुसँग छलफल गरेर टिकटको अग्रिम बुकिङ खुला गर्ने तयारी गरेको हो।कोरोना भाइरसका कारण अघिल्लो वर्ष दसैंमा सार्वजनिक याताया निक्कै कम चलेका थिए भने अग्रिम टिकट बुकिङ खुलाइएको थिएन । यो वर्ष असोज २१ गतेदेखि दसै‌ सुरु हुँदै छ। विभिन्न उद्देश्यले काठमाडौ‌ंसहित अन्य सहरमा अस्थायी बसोबस गर्दै ‌‍‍आएका मानिसहरु दसै‌ मान्न जन्मथलो जाने गरेका छन्।

अग्रिम टिकट बुकिङको विषयमा विभागसँग पहिलो चरणमा छलफल भइसकेको छ । अर्को चरणमा छलफल गरेपछि मात्र कहिलेदेखि बुकिङ खोल्ने निर्णय हुने बताइएको छ । सरकारले केही समयअघि राष्ट्रिय स्तरमा वैज्ञानिक भाडा समायोजन गरेको भएपनि अन्तरप्रदेशमा समायोजन भएको छैन । व्यवसायीहरुले अन्तर प्रदेश भाडा समायोजनको माग समेत राखेका छन्।

Total Page Visits: 846 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्