Sunday, May 12Nepal News Portal
Shadow

भारत नेपालमा हाइड्रोजनको क्षेत्रमा अझ बढी लगानी गर्न चाहन्छःसीईओ अरुण


काठमाडौं । अरुण जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले भारत सरकारले नेपालमा अझ बढी लगानी गर्न चाहिरहेको जानकारी दिएका छन्। आइतबारदेखि राजधानीमा सुरु भएको तेस्रो लगानी सम्मेलनमा बोल्दै उनले इन्डियन कम्पनीले अझ बढी नेपालको हाइड्रोपावर, हाइड्रोजन र नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्न चाहेको बताएका हुन्।

‘इन्डियन कम्पनी हाइड्रोजनको क्षेत्रमा अझ बढी लगानी गर्न चाहन्छ’, सीईओ अरुणले भने, ‘जुन परियोजनाका लागि पछिल्लो समय हामी जोडिएका पनि छौ । भारत सरकारको तर्फबाट नोडल एजेन्सिस्मार्फत नेपालमा हाइड्रोजन उत्पादनको पाइलट प्राजेक्टमा सहकार्यको घोषणा भएको छ । यो परियोजनाका लागि अहिले हामी तीव्र गतिमा काम गरिरहेका छौ।

उनका अनुसार जब नेपाल सरकारले सन् २०११ मा ‘सिंगल वीण्डो सिस्टम’ कार्यान्वयनमा ल्यायो तब नेपाल लगानीमैत्री मुलुक बनेको हो ।

अरुण जलविद्युत परियोजनाकै सन्दर्भमा पनि विभिन्न समस्या र चुनौतीका बाबजुद भारतले जिम्मेवारी लिएको उनको भनाई रहेको छ ।

Total Page Visits: 81 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्