काठमाडाैं । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ।
सोमबार न्युयोर्कमा भएको खेलमा श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट क्षतिमा पूरा गर्यो।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले नटआउट १९ रन जोडे। त्यसअघि ओपनर क्वान्टन डि ककले २० रन मात्र जोडे।
बलिङमा श्रीलंकाका हसरंगाले २ विकेट लिए।
त्यसअघि अमेरिकाको न्युयोर्कमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १९.१ ओभरम ७७ रनमै अलआउट भएको हो।
श्रीलंकाका लागि ओपनिङ ब्याटर कुशल मेन्डिसले १९ रन जोड्दा किमिन्दु मेन्डिसले ११ रन र एन्जेलो म्याथ्युजले १६ रन मात्र बनाउन सके।
समूह ‘डी’ मा श्रीलंका र दक्षिण अफ्रिकासँगै नेपाल, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले पहिलो खेल भोलि राति नेदरल्यान्ड्ससँग खेल्नेछ।